काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गर्ल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई ४–० ले पराजित गर्यो । एक्सेल्सियरकी सम्भावी अधिकारीले २ अंक जोडिन् । स्वर्णिमले एक्सेल्सियर (नीलो) लाई १०–२ ले हरायो । स्वर्णिमकी पलिस्था हाडाले ४ स्कोर गरिन् ।
एक्सेल्सियर (यल्लो) समूह ‘ए’ तथा स्वर्णिम समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल पुगेका हुन् । दुवै समूहको उपविजेता टोलीको टुंगो लाग्न बाँकी छ ।
बास्केटबलकै सिनियर ब्वाइज र सिनियर गर्ल्समा भने सेमिफाइनल समीकरण पूरा भइसकेको छ । सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र संस्कृति इन्टरनेसनल स्कुल तथा पुष्पसदन र राराहिलबीच सेमिफाइनल हुनेछ । सिनियर गर्ल्सको सेमिफाइनलमा एक्सेल्सियरले रेडिन्ट पब्लिक तथा रिब्सले ल्यान्डमार्क एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
फुटसल :

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–९ मा सेमिफाइनल समीकरण तयार भएको छ । त्यस्तै यु–११, यु–१३ र यु–१६ उमेरसमूहमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ ।
यु–९ को सेमिफाइनल एक्सेल्सियर (रातो) र एक्सेल्सियर (नीलो) तथा काष्ठमण्डप र कोहिनुरबीच हुनेछ । यु–११ मा रिब्स, जोन डेवी, न्यु एरा एकेडेमी, संस्कृति, राई स्कुल, सेक्रेड हार्ट, काष्ठमण्डप विद्यालय र एक्सेल्सियर (नीलो) क्वाटरफाइनलमा पुगे ।
यु–१३ मा एक्सेल्सियर (यल्लो), जोन डेवी, कोहिनुर, एलआरआई, काष्ठमण्डप, रेडियन्ट पब्लिक, हार्टल्यान्ड र रिब्सले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यु–१६ मा ह्वाइट हेभेन, रिब्स, न्यु एरा, एलआरआई, न्यु अरुणोदय, बोधीसत्व, किड्स लर्निङ र एक्सेल्सियर (नीलो) ले क्वाटरफाइनल यात्रा तय गरे ।